दार्चुलामा अधिकांश चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा

Posted on: 25 Jul, 2016

साउन १०, दार्चुला | दार्चुलामा अधिकांश तस्करी भारतीय नाका भएर हुने गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला वन कार्यालय, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, केन्द्रीय अनुसन्धान व्युरो र अपराध सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रले गरेको अध्ययनले तस्करी भारतीय क्षेत्रबाट हुने गरेको सार्वजनिक गरेको हो । 

दार्चुलाको लाली देखि व्यास ताक्लाकोटसम्म २३ वटा चोरी सिकारीका नाकाहरु रहेको खुलेको छ । जसमा अधिकांश कारोबार भारतीय नाकाबाट हुने गरेको देखिएको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकृत रणेन्द्र सिंहले बताउनुभयो । नेपालतिरका सम्बेदनशिल नाका ३÷४ मात्रै रहेका भएपनि  अरु सबै चोरी शिकारीका नाका भारतसँग जोडिएको क्षेत्रमा छ । तिन चार वर्षसम्मको अध्ययनले भारतबाट नेपाल आएर चीनको ताक्लाकोट अवैध चोरी शिकारीका वस्तु निर्यात हुने गरेको देखिएको छ । गुगल जिपिएस प्रणालीबाट गरिएको अध्ययनले नेपाल सग सीमा जोडिएका भारतीय नाकाहरु सम्बेदनशील छन् । दत्तु पूल घाटदेखि ताक्लाकोट सम्मको नाकाहरु एकिन भएका छन् भने बँकी अझै अध्ययनकै क्रममा रहेको छ । 

सीमा क्षेत्रको पूल, दोबाट, दोपखे, कल्जु खोला, टाटा, तिंकर छांगरु, छियालेक, दुम्लीङ, गव्र्याङ, गर्वाधार, बर्तीघाट, तवाघाट, तिगरमाघाट, कुलागाड, बुदी लगायतका नाकाहरुबाट तस्करी हुने गरेको छ । खासगरी दार्चुलाको तिंकर नाका भएर वन्यजन्तु बढि तस्करी हुने गरेको छ । त्रिदेशी सीमा क्षेत्रमा अवस्थित दार्चुलामा सीमा तस्करी नियन्त्रणको लागि वन्यजन्तु अपराध नियन्त्रण समितिद्धारा सुरक्षा नीति अपनाइने सूचना अधिकृत  सिंहको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!