दार्चुलाको राप्ला ५ मालमा बर्खायाम लाग्दा समेत खानेपानी अभाव कायमै

Posted on: 25 Jul, 2016

साउन १०, दार्चुला | दार्चुलाको राप्ला ३० परिवारलाई खानेपानी अभाव भएको हो । ६ किलोमिटर माथि राप्लाबाट ल्याइएको पानीको पाइपहरु ठाउँ ठाउँमा काटिएपछि गाउँसम्म खानेपानी पुग्न नसकेको स्थानीय दानसिह कार्कीले जानकारी दिनुभयो । 

निर्माणाधिन दार्चुला तिंकर सडकका मजदुरहरुलाई समेत खानेपानी अभाव छ । सोही पाइपबाट उनीहरुले पानी प्रयोग गर्ने गरेका छन् । बर्खायाममा समेत गाउँमा पानी नभएपछि स्थानीयले अहिले काम धन्दा भन्दा पनि पानी बोक्नैमा समय विताउनु परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!