आजको मौसम पूर्वानुमान

Posted on: 25 Jul, 2020

साउन १०, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान गरेको छ । आज शनिवार देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा जारी रहेको मौसम विज्ञान विभागले जनाएको छ । 

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ । 

बिभागका अनुसार बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै,  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत  सम्भावना रहेको विभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!