खोटो संकलनमा खोटैखोट, जिल्ला वन कार्यालय मुखदर्शक

Posted on: 25 Jul, 2016

साउन १०, डोटी | डोटीका विभिन्न वनहरुमा भईरहेको खोटो संकलनमा चरम लापरवाही भएको देखिएको छ । खोटो संकलक कम्पनी दीव्या रोजिन एण्ड टर्पेनटाईन लिमिटेड प्रा.लि.को कार्यक्षेत्रमा बढी अस्तव्यस्त देखिएको भएपनि जिल्ला वन कार्यालय भने मुखदर्शक बनेको स्थानीयहरुले आरोप लगाएका छन । 

मापदण्ड नपुगेका कलिला सल्लाका बोटहरुबाट चरम खोटो दोहन भईरहेको बताइएको छ । रुखमा लगाईने घाउहरु र त्यसमा छर्किने एसिड पनि मापदण्ड अनुसार नभएको स्थानियको गुनासो छ । जिल्ला वन अधिकृत रामेश्वर खकुराल सँग बुझ्दा खोटो संकलन भईरहेका वनहरुको अवस्था नाजुक रहेकाले काममा सुधार गर्न र सकभर खोटो संकलन कार्य बन्द नै गर्नुपर्ने बताएका छन । खोटो संकलन गर्दा प्रयोग गर्ने एसिड अत्याधिक कडा प्रयोग गरिने भएका कारण गमलामा वर्षातको पानी र एसिड जम्मा हुने र वनमा बाख्राहरुले खाँदा यस भन्दा पहिले केहि ठाउँमा बाख्रा समेत मरेका थिए ।

यस्तै डोटीमा ९६ प्रतिश रोपाइ सकिएको जिल्ला कृर्षी बिकास कार्यालय डोटीले जानकारी दिएको छ । कृर्षी बिकास कार्यालयको तथ्याङक अनुआर डोटीमा ४ प्रतिसत खेतमा रोपाइ गर्न बाकी रहेको छ । डोटीका ६ ओटा कृर्षी सेवा केन्द्र मध्य गोपघाट सेवा केनद्र र दिसिनपा कार्यालय अन्र्ततग ४ प्रतिसत रोइ गर्न बाकीरहेको जिल्ला कृर्षी बिकास कार्यालयका डोटीका बरिष्ट कृर्ष बिकास अधिकृत डा. तपेन्द्र शाहले जानकारी दिनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!