प्रदेश प्रहरी कार्यालयका १९ प्रहरीलाई कोरोना संक्रमण

Posted on: 26 Jul, 2020

साउन ११, विराटनगर | प्रदेश १ प्रहरी कार्यालय विराटनगरका थप १९ जना प्रहरी अधिकारीलाई कोभिड-१९ पोजिटिभ देखिएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एवं एसपी दीपक पोखरेलले कार्यालयका थप १९ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको कान्तिपुरलाई बताए । यसअघि गत बुधबार एक अधिकृतसहित ५ प्रहरीलाई कोरोना देखिएको थियो ।

गत बिहीबार कार्यालयमा कार्यरत एक सय ५० जनाको स्वाब संकलन गरिएको थियो । ती स्वाब विराटनगर र बीपी प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

स्वाबहरु भेरिफिकेसनका लागि पुनः परीक्षण गरिने एसपी पोखरेलले बताए । उनले भने,'पहिलो चरणमा संकलन गरिएका स्वाबहरुको परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको छ । अब फेरि पनि परीक्षण गराउँछौं ।'

यस बिषयमा तपाइको प्रतिक्रिया...!