रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

Posted on: 25 Jul, 2016

साउन १० हेटौडा | नेपालमा रक्तसञ्चार सेवा सुरुवात भएको स्वर्ण वर्ष जयन्ती मनाउदै रक्तसञ्चार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी हेटौंडा ८/९ उपशाखाले रक्तदान कार्यक्रमको आयोजन गर्ने भएको छ । 

वर्षायामसँगै विभिन्न रोगको प्रकोप फैलन गई रगतको माग अत्याधिक हुने र हाल रगतको अभाव भइरहेको अवस्थालाई मध्येनजर गरी नेपाल रेडक्रस सोसाइटीले यहि १२ गते रक्तदान गर्न लागेको हो । रक्तदान गर्न नागरिकलाई अभिप्रेरित गर्ने र रक्तदान मार्फत् संकलित रगतलाई विरामीसम्म पुर्याई जीवन बचाउने कार्यको अगुवाई नेपाल रेडक्रसले विगत ५० वर्षदेखि गर्दै आइरहेको र  रक्तसञ्चार दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा सहयोग पुर्याउन सोसाइटिले आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!