जन्मदिनमा मृगौला पीडितलाई सहयोग

Posted on: 30 Jul, 2020

साउन १५, पर्वत । आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर इनरह्यिल क्लब अफ पर्वतका सदस्य सरस्वती शर्मा (जिज्ञासु) ले कुश्मा नगरपालिका वडा नं ५ निवासी दुबै मृगौला फेलभई उपचार गराइरहेका गणेश श्रेष्ठ लाइ उनको स्वास्थ्य लाभको कामना सहित आफ्नो तर्फबाट रु पाँच हजार एक सय रुपैया मङलवार आर्थिक सहयोग गर्नुभएको छ । जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्ने आधुनिक संस्कृति भन्दापनि दिन दुखि र अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु नै मावन सेवा भएको भन्दै आफुले सानो सहयोग गरेको शर्माले बताउनु भयो ।

यस्तै सोही दिन इनरहीृल कल्व अफ पर्वतका अरु विभिन्न सदस्यहरुले आआफ्नो तर्फबाट केही रकम गरि थप छ हजार रुपैयाँ सहित ११ हजार १ सय रकम पिडितलाई हस्तान्तरण गरिएको क्वलबका सचिव खिम माया पाईजा गिरिले बताउनु भएको छ । 



उत्त अवसरमा कल्व कि अध्यक्ष अनिता सापकोटा चापागाइ सेवा नै धर्म भएको ले ईनरहीृल हर्दम दिन दुखिको साथमा रहेको बताउनु भयो । सहयोग हस्तान्तरण अवसरमा कल्वको रिपोर्टिङ पुर्व अध्यक्ष इ. चन्द्रकला लम्सालले गर्नु भएको थियो भने  सरस्वती शर्मा जिज्ञासु,सुजता बि पौडेल,राधा पौडेलले  बोल्नुभयको थियोे भने धन्यवाद क्ल्वको पुर्व अध्यक्ष इ जमुना अधिकारीले दिनु भएको थियो  कार्यक्रमको सन्चान  क्लब सचिव इ. खिम माया पाइजागिरिले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!