देउपुर स्वाथ्यचौकी निर्माणमा अनियमितता

Posted on: 30 Jul, 2020


पर्वत । पर्वतको मोदी गाउँपालिका २  देउपुरमा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकीमा व्यापक अनियमितता भएको पाइएको छ ।  वडा अध्यक्षको रातदिनको निगरानीमा भवन निर्माण कार्य भएपनि भवनमा अनियमितता भएको पाइएपछि मोदीमा खैलाबैला मच्चिएको छ । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतसहित प्राविधिक टोलीले बारम्बार अनुगमन गर्दा पनि भवन निर्माणमा भवन निर्वाणको आचारसंहित समेत पालना नगरेको पाइएपछि स्थानीयले विरोध गरेका छन् ।  सरकारी भवन निर्माणमा भवनको बीम डबल राख्नुपर्ने भएपछि गुपचुप रातरात एउटामात्रै बीमको प्रयोग गरी माटोले रातरात पुरेको स्थानीयले चालपाएपछि ठेकेदार र  जनप्रतिधिकै मिलेमतोका काम भइरहेको त होइन भन्ने आशंका पैदा भएको छ ।

भवन निर्माण भवन आचारसंहिता विपरित मात्रै नभइ आर्थिक प्रलोभनमा काम गुपचुप पार्न जनप्रतिनिधिसमेत लागेको हुनसक्ने भन्दै स्थानीयले स्वतन्त्र छानविनको माग गरेका छन् । स्थानीयले ठेकेदार, जनप्रतिनिधिमाथि छानविन गरी कडा कारवाहीको माग गरेका छन्् ।

यता मोदीमा रहेका राजनीतिक दलमा समेत तरङ ल्याएको छ । नेकपा, काँग्रेसले विज्ञप्ती निकाल्दै भवनमा चरम लापरवाही भएको भन्दै जोकोही भएपनि कानूनी दायरामा ल्याई कारवाही गर्नुपर्ने माग राखेर विज्ञप्ती निकालेका छन् ।

भवन निर्माणमा भएको अनियमितताको छानविन गर्न ५ सदस्यीय छानविन टोलीसमेत गणन गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!