तरुण दल हेटौंडा १ बिस्तार हेटौंडा

Posted on: 25 Jul, 2016

साउन १० हेटौडा | नेपाल तरुण दल हेटौंडा वडा नं. १ मा आज  बिस्तार गरिएको छ । दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार गरेको हो । 

कमिटीमा उपाध्यक्ष दिनेश लामा, सचिव एदिस रिजाल, कोषाध्यक्ष मनिषमान श्रेष्ठ तथा सदस्यहरुमा बिजय पौडेल, मिलन लामा र शान्ति लामा चयन भएका छन् । भेलामा बोल्दै नेपाल तरुण दल मकवानपुर अध्यक्ष तरुण आफ्नो घरमा नभई जनताको घरमा सुत्नुपर्ने बताए । उनले युथ फोर्स र वाईसीएल जस्तो झगडा गर्ने नभई जनताको पीडामा मल्हम लगाउन लाग्नुपर्ने बताए । कार्यक्रममा इकाई सभापति महर्जन, तरुण दल नगर सभापति सुनिल गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!