कर्णालीमा पानीको बहाव बढ्यो

Posted on: 30 Jul, 2020

साउन १५, मार्तडी । अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिनुभयो । नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले  जानकारी दिनुभयो ।  आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको  छ । 

वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने  पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिनुभयो  । स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ । नदीमा बनाइका पुल वर्षाैंदेखि पुराना र जीर्ण बन्दै गएका छन्  । नदीमा पानीको बहाव नाप्ने  यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ ।कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!