काठमाडौँमा ४१ जना सहित आज कोरोना संक्रमित कुन जिल्लाका कति ?

Posted on: 30 Jul, 2020

साउन १५, काठमाडौँ | आज बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १९ हजार ५४७ पुगेको जानकारी दिए । त्यस्तै मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २२७ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ । 

पछिल्लो २४ घन्टामा ६ हजार ३०४ परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा १३ हजार २०१ रहेका छन् ।

पछिल्लो २४ घण्टामा पर्सामा सबैभन्दा बढी ४९ जना संक्रमित भेटिएका छन् । त्यस्तै दोश्रो स्थानमा काठमाडौँमा ४१ जना संक्रमित भेटिएका छन् । 

जिल्लागत नयाँ संक्रमितको विवरण हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!