साउन १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ५१ जना संक्रमित छन् ।
देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।
यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!