मकवानपुरमा पहिरोमा परि एकै परिवारका तीनको मृत्यु

Posted on: 26 Jul, 2016

साउन ११, हेटौँडा । मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बालामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

क्षतिको विवरण अझै आउन बाँकी रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिएका छन् । सो उद्धारकार्यमा नेपाली सेनाका टोली र स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगी उद्धारकार्य गरिरहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!