बितेको २४ घण्टामा ३८१ जनामा काेराेना सङ्क्रमण, काठमाडौँमा कति ?

Posted on: 05 Aug, 2020

साउन २१, काठमाण्डाै । नेपालमा बितेको २४ घण्टामा थप तीन सय ८१ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै बितेको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् भने कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार एक सय ५६ पुगेको छ । 

साथै पछिल्लाे २४ घण्टामा थप दुई जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण भएको छ । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!