सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

Posted on: 05 Aug, 2020

साउन २१, काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो ।

त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो । 

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!