कोटघर स्वास्थ्यचौकी सिल

Posted on: 06 Aug, 2020

साउन २२, सिञ्जा | कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ  विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि  स्वास्थ्यचौकीलाई सिल गरिएको हो । 

स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको  र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिनुभयो । सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!