अवैध मल बरामद

Posted on: 06 Aug, 2020

साउन २२, कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अवैधरुपमा बिक्री गर्न राखिएको मल बरामद गरिएको छ । भेरीगङ्गा नगरपालिकाको छिन्चुमा अनुगमनका क्रममा प्रशासनको टोलीले एक एग्रोभेटबाट ६२ बोरा मल बरामद गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले छिन्चुस्थित कमला एग्रोभेटले इजाजतपत्र नलिई मल बिक्री गर्दै आएको पाइएको बताउनुभयो । प्रशासनले ५९ बोरा डिएपी तथा तीन बोरा युरिया मल बरामद गरेको छ । प्रशासनले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ । “मल बिक्रीका लागि कानूनीरुपमा अनुमति लिनुुपछ,,” सहायक प्रजिअ पौडेलले भन्नुभयो, “उक्त पसलले गैरकानूनीरुपमा मल बिक्री गरिरहेको रहेछ, यससम्बन्धी थप अनुसन्धान पनि भइरहेको छ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!