पछिल्लो २४ घण्टामा थपिए ३७८ जना संक्रमित, तीन जनाको मृत्यु

Posted on: 08 Aug, 2020

साउन २४, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्र ६२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमितको संख्या १६ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७८८ जनाको परीक्षण भएको छ भने हाल सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ । 

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको स्वास्थ्य मंत्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमण भई ७३ जनाको मृत्यु भएको छ । 

आजको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा संक्रमित बढ्दै गएको ध्यानाकर्षण गराउदै अनिवार्य मास्क तथा नियमित हात धुने तथा स्यानीटाइजर प्रयोग गर्न अनुरोध गरेको छ  ।  

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।

त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!