कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Posted on: 09 Aug, 2020

साउन २५, कास्की | कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११:३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । 

हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!