स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना संक्रमण

Posted on: 09 Aug, 2020

साउन २५, काठमाडौँ | स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालय सहप्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति(सीसीएमसी) को टोलीले शुक्रबार  मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!