पन्ध्र वर्षीया किशोरीसहित चन्द समूहका तीन जना पक्राउ

Posted on: 09 Aug, 2020

साउन २५, कर्णाली । जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले तिला गाउँपालिका–७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका उनीहरूलाई पक्राउ गरेको हो ।

घोडेसिन गाउँमा चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा हिमा गाउँपालिकाका–७ जुम्ला पातरखोलाका १५ वर्षीया सपना बुढा, सोही वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका–६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन् ।

किशोरी सपनाको मुद्दा प्रक्रिया विषयमा अधिवक्ताको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाइने प्रनाउ धामीले बताउनुभयो । उहाँका अनुसार चन्दा सङ्कलनको रसिदलगायतका कागजातसहित उनीहरुलाई समातिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!