चीनको नेलम काउन्टीबाट सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री सहयोग

Posted on: 10 Aug, 2020

साउन २६, सिन्धुपाल्चोक । कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गर्ने भएको हो ।

तिब्बतको नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार ८०० पिपिई सेटसहित पाँच हजार मेडिकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको छ । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार, आइसोलेसन माक्स दुई हजार थान र एन नाइन्टीफाइभ मास्क  दिने भएको छ । साथै मेडिकल मास्क पनि पाँच हजार थान दिने भएको छ ।

चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार र पिसिआर रिएजेन्ट दुई हजार थान सहयोग गर्ने भएको छ । जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेको अवस्थामा नेलम काउन्टीले गर्ने यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोगमध्येकै ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

प्रजिअ ढकालका अनुसार बुधबार मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र त्यसलाई निर्मलीकरण गर्नसमेत एकदुई दिन लाग्नेछ । त्यसपछि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चौताराको स्टोरमा सो सामान भण्डारण गरिने र जिल्ला अस्पताल चौतारासँगको सहकार्यमा आवश्यक परेको ठाउँमा उपलब्ध गराउने छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!