थप ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ४ जनाको मृत्यु

Posted on: 10 Aug, 2020

साउन २६, काठमाण्डाै । नेपालमा बितेको २४ घण्टामा थप तीन सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक सय ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार चार सय ९३ पुगेको छ ।

अहिले ६ हजार सात सय ३८ जना देशका विभन्न ठाउँका आइसोलेशनमा छन् । यस्तै १० हजार सात सय ५९ जना क्वरेण्टीनमा छन् ।

यस्तैबितेको २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!