डोटीमा बस दुर्घटना : ३ जनाको मृत्यु, ३१ घाइते

Posted on: 12 Aug, 2020

साउन २८, डोटी | डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । भारतबाट फर्किएका यात्रु बोकेर धनगढीबाट अछाम आइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ तल्लो फुलोटमा बुधबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर छ । 

घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि खटिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!