बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

Posted on: 12 Aug, 2020

साउन २८, बुटवल | बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु-२ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

साउन २५ गते अस्पताल भर्ना भएका कृष्णकुमार गुप्तामा कोरोना संक्रमण पुष्टि भैसेको छ भने साउन २७ गते अस्पताल भर्ना भएका प्रदीप तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

भारतको मुम्बईबाट केही दिनअघि घर आएका तेलीलाई मंगलबारदेखि भेन्टिलेटरमा राखिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!