आज २४ घन्टामा थप ४ सय ८४ जना संक्रमित, ८ जनाको मृत्यु

Posted on: 12 Aug, 2020

साउन २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । 

प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए । 

पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए । 

काठमाडौँमा १३८ जना 

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ८ जना छन् भने बाँकी  १०९ जना काठमाडौंका रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!