दुवै हात काटिएको अवस्थामा शव फेला

Posted on: 26 Jul, 2016

प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्दाजी ५० वर्षिय अपरिचीत पुरुषको शव फेला परेको हो । हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका प्राचार्य दधिराम पन्थीका अनुसार त्यस वेवरिसे शवको दुवै हत्कलाहरु काटिएका छन् ।  

काटिएका ति हत्केलाहरु कहाँ छन भन्ने थाह नभएको स्थानियले बताएका छन् । दुवै  हत्केला माथी ठाडुङ्गा जंगल विचको पचासधारा खोलाबाट शव वगेर आएको हुँदा उतै हुनु पर्ने स्थानियले अनुमान गरेको छन् । प्राचर्य पन्थीका भन्छन् –‘शव अत्यन्तै दुर्घन्धीत भएकोले हामीहरु नजिक जानै सकेका छैनौं, दुवै हत्केलाहरु कहाँ छन भन्ने थाह छैन् । 

माथी दर्लामचौरको जंगल विचको खोलामा हुनु पर्ने आशंका गरिएको छ ।  

मुहारको छाला लोकत्तीएको छ ।  दाहिने कान , ढाड र घुँडा देखि तल गम्भीर चोट लागेको छ । शव कुहेर किरा परेको छ  ।  हस्तीचौर प्रहरीलाई जानकारी गराएको तर उनिहरु मल्दीमा एकै परिवारका तिन जनाको पहिरोले पुरेर मृत्यु भएकोले त्यहाँ गएको र केहि छिन पछि आउने जानकारी दिईएको छ । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपाल संग सम्पर्क राख्दा उनले प्रहरी त्यहाँ पुगे पनि शवको पहिचान अझै हुन नसकेको जानकारी दिए । उनले हत्या हो वा खोलाले बगाएर मृत फेला परेको वारे अहिले नै केहि भन्न नसकीने बताए ।  उनले शव पोष्टमार्टम र आवस्यक अनुसन्धानबाट मात्र सवै कुरा खुल्ने जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!