दुई ट्रकमा आगलागी

Posted on: 14 Aug, 2020

साउन ३०, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको  छ । औद्योगिक क्षेत्रमा  रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका  ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प  ६५०३  तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ।आगलागीबाट  ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने  ना ५ प  ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ  ।

हेटौँडा उपमहानगरपालिकाको  दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा  आगो नियन्त्रणमा आएको थियो । 

यसैबीच  त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२  पिस्टुङ गैरीगाउँमा  रहेको एक ढुङ्गाखानीमा  गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो । मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ । 

पहिरामा तीन टिपर  र एउटा स्काभेटर  पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ  । अहिले त्रिभुवनराजपथ  पनि  अवरुद्ध रहेको र  पहिरो  पन्छाउने काम भइरहेको बुझिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!