देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ११९ संक्रमित

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौं । काठमाडौं उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।  

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ  ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!