पाण्डेलाई उपरथीको दज्र्यानी

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ | प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय  जंगीअड्डामा आज आयोजित  समारोहमा प्रधानसेनापति थापाले  सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका पाण्डेलाई दज्र्यानी चिह्न लगाइदिनुभएको  हो ।

मन्त्रिपरिषद्को यही साउन २६ गतेको बैठकले सहायकरथी  पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।सरकारले  उपरथी पाण्डेलाई उत्तरपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिएको छ ।

तस्वीर सौजन्यः सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय/रासस

करीब १५ महिना  सेनाको प्रवक्ताको जिम्मेवारी  पूरा गरेपछि साउनको पहिलो सातादेखि उहाँले उक्त पृतनामा निमित्त प्रमुखका रुपमा काम गर्दै आउनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!