पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

Posted on: 18 Aug, 2020

भदौ २, कास्की | तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । ५० वर्षीया ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

तनहुँ ब्यास–१ अम्रेनीकी ति महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । साउन ३२ गते उपचारका लागि अस्पताल ल्याइएको उनमा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको थियो ।

साउन ३१ गते उनको स्वाव परीक्षण लागि पठाइएको थियो । हिजो राति उनको मृत्यु भयो, आज बिहान कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!