बाँकेमा कोरोनाका कारण थप एक जनाको मृत्यु

Posted on: 18 Aug, 2020

भदौ २, बाँके | कोरोना सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज शिक्षण अस्पतालमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो।  

उनलाई गत साउन ३२ गते ज्वरो आएपछि उपचारका लागि शिक्षण अस्पताल लागिएको थियो । अस्पताल भरनाका क्रममा उनमा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ ।  

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्य स्थिति असामान्य भएपछि सोमबार उनलाई बचाउन भन्दै कोरोना निको भईसकेका र ए पोजेटिभ रगत भएकाहरुमा प्लाज्माको लागि आव्हान गरिएको थियो ।

बाँकेमा यसअघि नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाका १/१ जना गरी तीन जनाको कोरोनाका कारण निधन भईसकेको छ । बाँकेमा मंगलबार थप १३ जना निको भई डिस्चार्ज हुनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!