अछाममा बढीले बस्ती बगाउदा ४ जनाको शव भेटियो, १९ जना बेपत्ता

Posted on: 19 Aug, 2020

भदौ ३, अछाम | अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

मंगलबार राती परेको भारी बर्षाका कारण गजडबजार, मुजाबगर, खालबजार लगाएका बजार तथा खेती योग्य जमिन पुरै बगरमा परिणत भएको अथानियले बताएक छ।

रामारोशन ताल फुटेर यति ठूलो बाढी आएको हुनसक्ने आशंका स्थानीयको छ।

प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!