पोखरामा कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको मृत्यु

Posted on: 27 Aug, 2020

भदौ ११, कास्की | पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत महिलाको बिहान ८:०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिनुभयो ।

गत भदौ ७ गते कोरोना पुष्टि भइ ती महिला अस्पतालमा भर्ना भएकामा बुधबार राति अवस्था गम्भीर भएपछि भेन्टीलेटरमा राखेर उपचार शुरु गरिएको उहाँले जानकारी दिनुभयो । सो अस्पतालमा उपचारको क्रममा हालसम्म पाँच जना सङ्क्रमितको मृत्यु भएको विज्ञप्तीमा जनाइएको छ । गण्डकी प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । कास्कीमा तीन, स्याङ्जामा दुई तथा गोरखा, तनहुँ, बाग्लुङ तथा म्याग्दीमा एक/एक जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!