गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान

Posted on: 31 Aug, 2020
भदौ १५, गण्डकी (रासस) । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ ।
ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवा प्रवाहलाई सभ्य र सुसंस्कृत बनाउने लक्ष्यसाथ अभियान शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । 
अभियानअन्तर्गत चेक पोष्ट, सीमा नाका, कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी कर्मचारीले सेवाग्राहीलाई आदरयुक्त सम्बोधनसहित नमस्कार गर्ने, तोकिएको कानून बमोजिमको काम सम्पादन गर्ने र अन्त्यमा धन्यवादसहित पुनः नमस्कार गर्ने उहाँले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!