विद्यार्थीका लागि सैन्य तालिम सुरु

Posted on: 27 Jul, 2016

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहिनी उच्च माविका ३६ जना विद्यार्थीकालागि सैन्य तालिम सुरु गरिएको गुल्मपति सेनानी संजयकुमार खत्रीले जानकारी दिनुभयो । तालिममा सिंहवाहिनी उच्च माविका ८ र ९ कक्षाका १८ छात्र तथा १८ जना छात्रा सहभागी छन् । एक सय दिन सम्म चल्ने सो तालिमबाट विद्यार्थीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी विपद्का बेलामा सहयोगकालागि परिचालन गर्ने उदेश्य रहेको छ । तालिमको पहिलो चरणमा ७९ दिनसम्म प्राथमिक तालिस दिएपश्चात् बाँकी २१ दिन मोरङको याङशीलामा सन्चालन हुने तालिममा सहभागी गराइनेछ । विद्यार्थीहरुलाई शारीरिक तालिम, सैनिक ज्ञान, विपद व्यवस्थापन, पर्सनालिटी डेभलपमेन्ट र सांस्कृतिक प्रतियोगितासम्बन्धी ज्ञान दिइने गुल्मले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!