विदेशी भूमिमा नेपालीको नारा - ‘केपी ओली देश छोड !’

Posted on: 08 Sep, 2020

भदौ २३, काठमाडौं । साउदीको रियादस्थित सेमास्को कम्पनीका काम गर्ने नेपालीहरुले नेपाल सरकारको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरुले साउदीबाटै प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

७ महिनादेखि स्वदेश फिर्ताको प्रयास गरेका उनीहरुले नेपाल फिर्ता हुन नपाए पछि नेपाल सरकारको बिरोध गरेका हुन् । आफ्नो कम्पनीले आफूहरुलाई स्वदेश फर्काउने प्रयास गरेपनि दुतावासले अनुमति नदिएको जानकारी पाएपछि उनीहरुले दुतावास र नेपाल सरकार बिरुद्ध पर्दर्शन गरेका हुन् । उनिहरु आइतबार स्वदेश फर्कने मिति तय भएको थियो । तर तत्काल स्वदेश फिर्ता हुन नपाउने अवस्था देखेपछि उनीहरुले आक्रोश पोखेका छन् ।

उनिहरुले सरकार बिरुद्ध नाराबाजी गर्दै 'केपी .., देश छोड', 'नेपाली दूतावास खारेज गर' जस्ता नारा लगाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!