उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

Posted on: 09 Sep, 2020

भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण भएको छ । बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिईएको छ । 


त्यस्तै काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गरि चलाउने निर्णय भएको छ । 

यस्तै सबै किसिमका निजी सवारीका साधानमा पनि जोरबिजोर नियम लागू गर्ने निर्णय भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!