बिपद् ब्यवस्थापन तालीम सम्पन्न

Posted on: 27 Jul, 2016

ललित बोहरा | साउन १२, डडेल्धुरा | नेपाल सरकार द्धारा जारी “स्थानीय बिपद् जोखिम व्यवस्थापन निर्देशिका २०६८” अनुरुप स्थानीय बिपद् जोखिम व्यवस्थापन योजना निर्माण तालीम सम्पन्न भएको छ । 

यु एस ए आइ डि को आर्थिक सहयोगमा रुडुक डडेल्धुरा द्धारा संचालीत पहल परियोजना अन्र्तगत संचालन गरीएको उक्त तालीम जिल्लाका ३ गा.बि.स. र १ न.पा. मा सोमवार सम्मपन्न भएको छ । तालीमले नेपाल सरकारद्धारा जारी निर्देशिका अनुरुप रही स्थानीय गा.बि.स. र न.पा.को बिपद् व्यवस्थापन योजना निर्माण एवं पूनरावलोकन गर्ने, बिपद् जोखिम न्यूनीकरणका मूख्य मुद्दाहरुलाई बिकास प्रक्रियाको मूलप्रवाहीकरणमा ल्याउने र समुदाय तथा गा.बि.स./न.पा. स्तरमा रहेको जोखिमको पहिचान गरी अल्पीकरणको प्रक्रियामा ल्याउने उद्धेश्य रहेको कुरा यस परियोजनाका जिल्ला संयोजक बिष्णु प्रशाद बोहराले बताउनुभयो ।

स्थानीय गा.बि.स. तथा न.पा. मा रहेको बिपद् व्यवस्थापन समितीको क्षमता अभिबृद्धी एवं सम्बन्धीत गा.बि.स. तथा न.पा. ले बिपद् व्यवस्थापनको क्षेत्रमा छुट्याईएको बजेट र त्यसको हालसम्मको उपलब्धीको बारेमा समेत तालीममा छलफल भएको कुरा यस तालीमका सहजकर्ता अमर साउदले बताउनुभयो ।

यसैगरी जिल्लाको रुपाल, गांखेत, आलीताल र परशुराम न.पा. को बिपद् व्यवस्थापन योजना आवश्यक एवं प्रभावकारी रहने र आगामी दिनमा हुने सबै खाले विकास प्रक्रियामा यसको महत्वपूर्ण भुमीका रहने कुरा आलिताल. गा.बि.स.को तालीम समारहोमा उपस्थीत सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवश्थीले बताउनुभयो ।

डडेल्धुरा जिल्ला जोगबुडा ईलाका प्रशासक दत्तु राम पाण्डेय, आलीताल गा.बि.स. सचिव जय लाल सिंह शाहु र अन्य सबै राजनितीक दल उपस्थित उक्त कार्यक्रममा यस परियोजनाले गरेको यस कार्यको योगदान महत्पूर्ण रहेको कुरा व्यक्त गर्नुभएको छ ।

जिल्लामा पहल परियोजना संचालीत ३ गा.बि.स. र १ न.पा. का गरी सबै स्थानमा करीव १ सय ८० जनाको सहभागीता रहेको यस तालीममा बिपद् व्यवस्थापन योजना निर्माण गरी आगामी दिनमा आउने सबै खाले बिपद्को सामना गरी उत्थानशिल समुदाय, गा.बि.स एवं न.पा निर्माण गर्ने हाम्रो दायित्व रहेको कुरा बोध एवं जिममेवारी गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!