अब बन्ने राष्ट्रिय शिक्षा आयोगले ध्यान केन्द्रित गर्नु पर्ने बिषयमा छलफल

Posted on: 27 Jul, 2016

ललित बोहरा | साउन १२, डडेल्धुरा | समय सापेक्ष शिक्षामा परिवर्तन गरिनु पर्नेमा सुदुरपश्चिम क्षेत्रका नागरिक एवम बुद्धिजिविले जोड दिएका छन । 

नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्क्रम विकास केन्द्र भक्तपुरको आयोजनामा आज देखि डडेल्धुरा सदरमुकाममा सञ्चालित दुई दिने बिद्यालय शिक्षाको पाठ्यक्रममा जनउपयोगी शिक्षाको प्रवद्र्धन तथा अक्षराङ्कन पद्धती सम्बन्धि कार्यशालाको उद्घाटनमा शिप विकास तथा आयआर्जन मुखि शिक्षा आवश्यक भएको सरोकारवालाको ठहर थियो । कार्यशालामा सुदुरपश्चिम शिक्षा निर्देशनालय निर्देशक लालजंग चौहानले शिक्षामा परिवर्तनका लागी आम सबैले संलगनता जनाई सक्रिय रुपमा लाग्नु पर्ने बताएका थिए । उनले कार्यशालामा उठेका बिषय वस्तुमा राष्ट्रिय निती निर्माणमा टेवा पुग्ने भएकाले यहा संकलन गरिने सुझावले राष्ट्रिय स्तरमा बहस बनी स्थान पाउनु पर्ने बताएका थिए । 

डडेल्धुरा संगै सुर्खेत, दाङ गरि ३ वटै स्थानमा एकै पटक सञ्चालन भएको शैक्षिक कार्यशालाले अब बन्ने राष्ट्रिय शिक्षा आयोगले ध्यान केन्द्रित गर्नु पर्ने लगायतका बिषयहरुमा सुझाव सल्लाह सङ्कलन गरिने जनाईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!