डडेल्धुरामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्यामा बृद्धि हुदैँ

Posted on: 27 Jul, 2016

ललित बोहरा | साउन १२, डडेल्धुरा | केहिदिन देखि भएको लगातार वर्षाका कारण डडेल्धुरामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्ने लगायतका समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन । भाइरल ज्वरो र पखालाले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने चिकित्सकहरुको सल्लाह छ । मौसमे बिरामीहरु अस्पतालमा मात्रै नभएर निजि क्लिनिकहरुमा समेत जाने गरेको औषधि पसल सञ्चालकहरुले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!