पछिल्लो २४ घन्टामा १२४६ जनामा काेराेना सङ्क्रमण

Posted on: 17 Sep, 2020

असोज १, काठमाण्डाै । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएकाे हाे ।

गएकाे २४ घण्टामा एक हजार दुई सय ४३ निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४२ हजार नाै सय ४९ पुगेको छ ।  

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । 

अब नेपालमा १६ हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आईसीयूमा एक सय ८२ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । 

यस्तै सात हजार आठ सय ८३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!