पछिल्लो २४ घण्टा: उपत्यकामा ७११ संक्रमित, जिल्लागत संक्रमितको विवरण हेर्नुहोस्

Posted on: 19 Sep, 2020

असोज ३, काठमाडौँ | गत २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको अनुसार आज संक्रमितसहित नेपालमा कुल संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या  ४५ हजार २६७ पुगेका छन् ।

आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!