असोज ४, काठमाडौँ | संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रसंसा गर्दै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे ।
राजदूत नाक्बीले काठमाडौं–युएई उडान थप गर्न आग्रह गरेका थिए । सो सम्बन्धमा मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराएका थिए ।
माथिको तश्वीरमा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीबीच आइतबार पर्यटन मन्त्रालयमा शिष्टाचार भेट । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!