धनकुटामा बस दुर्घटना पूर्व राज्यमन्त्री सहित सातको मृत्यु, ३५ बढी घाइते

Posted on: 28 Jul, 2016

 साउन १३, धनकुटा । बिहिबार धनुकुटाको सिधुवामा भएको बस दुर्घटनामा पूर्व राज्यमन्त्री  हरिराज खेवासहित सात जनाको ज्यान गएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन् । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानतर्फ जाँदै गरेको बा २ ख ७३६६ नं। को बस दिउँसो करिब साढे १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ३ पुरुष, २ महिला र एकजना दुई वर्षको बच्चाको घटना स्थलमै ज्यान गएको छ ।

घाइतेमध्ये अधिकांश गम्भीर रहेको र उनीहरुलाई उपचारकालागि धनकुटा र धरानका अस्पतालतर्फ लगिएको बताइएको छ । बस सडकबाट अन्दाजी ५० फिट तल खसेकाले क्षत्विक्षत् अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!