सोमबारको मौसम पूर्वानुमान हेर्नुहोस

Posted on: 21 Sep, 2020

असोज ५, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ र पूर्वतर्फ नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।

महाशाखाले हाल देशभर सामान्य बदली रहेको छ भने प्रदेश १,२ का केहि स्थानहरूमा पूर्ण बदली रहि थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २ का केहि  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

 यसैगरी, राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै,  प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ साथै प्रदेश  नं १, प्रदेश  नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही  स्थानहरुमा हावाहुरिको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!