रौतहटमा अबैध रुपमा मदिरा बिक्रीवितरण गर्ने १३ जना पक्राउ

Posted on: 28 Jul, 2016

अभिमनु पटेल/साउन १३, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध रुपमा मदिरा बिक्रीवितरण गरेकोआरोपमा  १३ जना होटल संचालकहरुलाई पक्राउ गरेको छ ।

बुधवार गौर भन्सार देखि कविर चौकसम्मका होटलहरुमा घरेलु तथा साना उधोगबाट इजाजतपत्र लिएको तर आन्तरिक राजशव विभागमा कर भुक्तानी नगरेको अनुगमनका क्रममा पाइएपछी १३ जना होटल संचालकहरुलाइ नियन्त्रनमा लिएको हो ।

प्रहरीले जताभाबी बिना अनुमतिपत्र लिइ रक्सी बेच्ने होटलहरुलाई रोक लगाएको छ । होटलमा रक्सी खाने व्यक्तिहरुबाट मनोमानी ढंगले रकम अशुल्ने र रति अबेरसम्म होटल बन्द नगर्नेहरुमाथि कारवाही समेत गरिने बताएको छ ।

भारत राज्य विहारमा रक्सी बिक्रीवितरणमा विहार सरकारले रोक लगाएपछि सिमाना क्षेत्रका गाउघर र आसपासका बजारहरुमा धमाधम छाप्रो बनाइ खुला देखि बोतलका रक्सी बिक्री गर्नेको संख्या बढिरहेको छ ।

यस्तै पक्राउ पर्नेमा गुड्डु कुमार मण्डल , श्याम  कुमार कुश्वाहा, पृतम दास , गौरी शंकर साह , संजय दास ,रमेश कुमार पौडेल ,राकेश कुश्वाहा , जितेन्द्र केशरी ,विजय साह ,राजेश्वर प्रसाद चौधरी, जनक दास, राकेश कुमार मण्डल, प्रमोद साह रहेका छन् । उनीहरुलाई अनुसन्धान गरि कानुन बमोजिम कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहट सहायक प्रहरी उपरीक्षक नवीन कृष्ण भण्डारीले  बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!