धनकुटा बस दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो (नामावलीसित)

Posted on: 28 Jul, 2016

साउन १३, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित  १३  जनाको मृत्यु भएको छ ।

सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको डाँफे मुनाल यातायातको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।

मृतकहरुको नामावाली 

१.हरिराज खेवा –पुर्व अर्थराज्य मन्त्रि

२.हेमा पौडेल– फुलेक

३.सनम तामाङ–बस चालक

४.तारा बस्नेत –परेवादिन धनकुटा

५.रेखा बस्नेत– परेवादिन धनकुटा

६.अतिमाया तामाङ–परेवादिन धनकुटा

७.तेजप्रकाश अग्रवाल –धरान

८.तेजबहादुर थापा –लेगुवा धनकुटा

९.बिरबहादुर काफ्ले–मारेककटहरे धनकुटा

अन्यको सनाखत हुन बाकी

घार्ईतेहरुको नामावाली 

१.बिष्णु मगर –मारककटहरे धनकुटा

२.मनोज पादोर– धरान २

३.छिरिङ शेर्पा– बसन्तपुर

४.निरमाया गुरुङ– धरान १३

५.बिनोद घिमिरे –परेवादिन धनकुटा

६.रमेश श्रेष्ठ– धरान १६

७.टंक भण्डारी –छथर तेह्थुम

८.कला थापा –डाडागाउ धनकुटा

९.अनिता पौडेल –तेह्थुम

१०.सुजन रानामागर –ठेगना नखुलेको

११.भेषराज अधिकारी –मारेकटहरे धनकुटा

१२.मनिषा अधिकारी –मारेककटहरे धनकुटा

१३.निमा छिरिङ– ताप्लेजुङ

१४.भक्तबाहादर थापा –तामाखाम संखुवासभा

१५.अनिता गुरुङ –फुलेक ९ तेहथुम

१६.राजन तामाङ –माम्लीङ संखुवासभा

१७.खगेन्द्र पौडेल –फुलेक

१८.भेला थापा– धरान ७

१९.पुण्यलाल कटुवाल– संखुवाभा

२०.ललिता– लिम्बु धरान २२

२१.रिसर्च पौडेल –मुडेसनिश्चरे

२२.मनिषा बिक –धनकुटा

२३.आयुष थापा –डाडागाउ धनकुटा

२४.हर्कमाया तामाङ तामाखोप संखुवासभा

२५.इतुहाङ लिम्बु–इटहरी

२६.पुर्णकुमारी लिम्बु–इटहरी

अन्यको सनाखत हुन बाकी


यस बिषयमा तपाइको प्रतिक्रिया...!