११ वर्षीया बालिकाको मृत्यु, बोतलले हानेको चोट !

Posted on: 26 Sep, 2020

असोज १०, धरान | बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् । 

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । घटनास्थल वरिपरि  रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उहाँले बताउनुभयो ।   

धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!