१२ सय ७ जना कोरोना संक्रमित थपिए, ११ सय ४७ डिस्चार्ज

Posted on: 26 Sep, 2020

असोज १०, काठमाडौँ | आज पछिल्लो २४ घण्टामा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार १९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेको संख्या ७१ हजार ८२१ रहेको छ ।  

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । ११ सय ४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!